राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता
baahrakhari.com · Wed Sep 23 07:12:26 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच शिष्टाचार भेट भएको छ । बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट भएको हो ।
भेटमा समसामयिक विषयमा छलफल भएको थियो । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन मंगलबार अमेरिका प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपतिले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई तोकेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)