चोरी, पैठारी नियन्त्रणमा प्रभावकारी काम भइरहेको छः भन्सार विभाग
ratopati.com · Sun Jan 25 11:19:00 GMT 2026

काठमाडौँ । भन्सार विभागले चोरी, पैठारी नियन्त्रणमा प्रभावकारी काम भइरहेको दावी गरेको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले सो कुरा बताएका हुन् । उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा चोरी पैठारी नियन्त्रणका लागि नीतिगत सुधार गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको जिकिर समेत गरे ।
महानिर्देशक भण्डारीले नेपाल–भारतबीच खुला सीमा भएका कारण चोरी, पैठारी बढी हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न विभागले सम्बन्धित अन्य निकायहरुको सहयोगमा अर्धन्यायिक निकायको रुपमा समेत काम गरिरहेको स्पष्ट पारे । उनले खुला सीमाका कारण भइरहेको अर्बौंको चोरी निकासीका सामानहरुलाई नियन्त्रणमा लिने उनीहरुलाई कारबाहीको दायरामा ल्याउने काम भइरहेको बताए ।
विभागले भन्सार ऐन, ८२ कार्यान्वयनमा आएको र त्यसले भन्सार प्रशासनमा व्यापक सुधार भईरहेको दाबी समेत गर्दै आएको छ ।
भन्सार विभाग
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)