एआईका सम्भावित जोखिम व्यवस्थापनमा विश्वव्यापी सहकार्य आवश्यक : गुटेरेस
nepalnews.com · Wed Sep 23 07:13:57 GMT 2026

अमेरिका। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै देखिन सक्ने सम्भावित जोखिमलाई जिम्मेवार र सुरक्षित ढङ्गले व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेका छन्। उनले यसका लागि सदस्य राष्ट्रहरूबीच सहमतिमा आधारित बहुपक्षीय एआई जोखिम व्यवस्थापनसम्बन्धी ढाँचा निर्माण गर्न आवश्यक रहेको बताए।
संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनको सामान्य बहस उद्घाटनका क्रममा मंगलबार सम्बोधन गर्दै महासचिव गुटेरेसले प्रविधिको तीव्र विकाससँगै विश्वमा शक्ति र प्रभावको स्वरूपमा पनि परिवर्तन भइरहेको उल्लेख गरे। उनका अनुसार विगतमा शक्ति मुख्यतः भूभाग, त्यसपछि उद्योग र वित्तसँग सम्बन्धित थियो भने अहिले डेटा, कम्प्युटिङ क्षमता र एल्गोरिदमको भूमिका निरन्तर बढिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)