पोखराबाट दुबईका लागि कति छ फ्लाईदुबईको भाडा ?
arthasansar.com · Wed Sep 23 07:20:07 GMT 2026

फ्लाईदुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट युएईको दुबईका लागि नियमित सिधा उडान सुरु गरेको छ। कम्पनीको आधिकारिक वेबसाइटअनुसार दुवैतर्फका विभिन्न श्रेणीका उडानका लागि तय गरिएको भाडा दर यस प्रकार रहेको छ ।
पोखराबाट दुबईतर्फको नन्–स्टप उडानको प्रारम्भिक एकतर्फी भाडा नेपाली ४६ हजार ४ सय ९६ रुपैयाँ तय गरिएको छ। कम्पनीले चार प्रकारका टिकट श्रेणी निर्धारण गरेको छ, जसमध्ये सबैभन्दा सस्तो ‘लाइट’ श्रेणीको भाडा ४६ हजार ४ सय ९६ रुपैयाँ छ, जसमा ७ किलो हातमा बोक्ने झोला (ह्यान्ड ब्यागेज), खाना र उडानभित्रको मनोरञ्जन सुविधा समावेश छ । त्यसैगरी ३० किलोसम्मकोचेक–इन ब्यागेज सुविधा पाइने ‘भ्यालु’ श्रेणीको ४८ हजार २ सय ८२ रुपैयाँ, ४० किलो ब्यागेज र उडान मिति परिवर्तन सुविधा भएको ‘फ्लेक्स’ श्रेणीको ५३ हजार १ सय ३ रुपैयाँ तथा विशेष आरामदायी र उच्चस्तरीय सेवा उपलब्ध हुने ‘बिजनेस’ श्रेणीको सुरुवाती भाडा ८० हजार ६ सय २२ रुपैयाँ राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)