मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अदालतमा खटिएका सुरक्षाकर्मीहरूमाथि एकपछि अर्को वकिलकाे हातपात

barnanmedia.com · Wed Jul 31 21:43:43 UTC 2024

हिन्दी सिनेमाकी लोकप्रिय हिरोइन कंगना रनावतको गाला एकजना महिला सुरक्षाकर्मीले चड्काएको चर्चा सेलाउन नपाउँदै नेपालमा पनि त्यसैको सिको गर्नेहरू देखा परेका छन् ।

कुलविन्दर कौरले कंगनाकोे गाला चड्काएकै शैलीमा नेपाली महिला वकिलहरू भने हात र लात दुवै चल्छ भन्दै अदालतका सुरक्षाकर्मीविरुद्ध उत्रिएको विषयले अदालत र बारलाई चिन्तित बनाएको छ ।वकिलहरूको हात चल्छ र लात पनि चल्छ भन्दै अदालतमा खटिएका सुरक्षाकर्मीहरूमाथि एकपछि अर्को वकिलले हातपात गर्दा सुरक्षाकर्मी नै असुरक्षित हुन थालेको भन्दै वरिष्ठ अधिवक्ता र कर्मचारीहरूले विरोध गरिरहेका छन् । मंगलवार सर्वाेच्च अदालतमा सुरक्षाका लागि खटिएका एकजनामाथि महिला कानुन व्यवसायी लुमा चौधरीले हातपात गरिन् । विवाद उत्पन्न भएपछि उनले ती सुरक्षाकर्मीको गाला चड्काएकी हुन् । सोमबार दिउँसो सवा २ बजेतिर महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर ११ माइतीघर मण्डलास्थित लिंकन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरीलाई थुनामा राखिएको छ । उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा राखिएको पनि भनिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)