जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता
onlinekhabar.com · Wed Sep 23 07:14:40 GMT 2026

७ असोज, टोकियो (रासस/सिन्ह्वा ) । जापानको पूर्वी क्षेत्रमा टाइफुन डुजुआनका कारण परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् । सोमबार कान्तो क्षेत्रमा आएको अत्यधिक वर्षाले टोकियो आसपासका विभिन्न स्थानमा बाढी र पहिरो निम्त्याएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार चिबा प्रिफेक्चरमा मात्रै ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
मृतकमध्ये ५० वर्ष आसपासका एक पुरुष पहिरोबाट थुप्रिएको माटो र भग्नावशेष हटाउने क्रममा भारी मेसिन सञ्चालन गरिरहेका बेला बाँसघारीमा खसेर मृत्यु भएको बताइएको छ । त्यस्तै, डुबेको एउटा सवारीसाधनभित्र एक पुरुषको शव फेला परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)