अमेरिका भ्रमणमा सी जिनपिङः चीन र अमेरिकाबीचको सम्बन्धमा सुदृढ रणनीतिक स्थिरता र सहकार्यको अपेक्षा
canadanepal.com · Wed Sep 23 07:29:00 GMT 2026

बेइजिङ - चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबारदेखि अमेरिकाको राजकीय भ्रमण सुरु गर्न लागेका बेला दुवै देशले आशा व्यक्त गरेका छन् । राष्ट्रप्रमुखस्तरीय कूटनीतिबाट निर्देशित विश्वका यी दुई ठूला अर्थतन्त्रहरूले सहयोगका थप क्षेत्रहरू पहिचान गर्न र विश्वव्यापी शासन प्रणालीमा सुधार ल्याउने सम्भावनालाई बलियो बनाउन सक्ने उनीहरूकाे अपेक्षा छ।
याे भ्रमण र मे महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको चीनको राजकीय भ्रमणलाई जोड्दा, यी दुई देशले छ महिनाको अन्तरालमा राजकीय भ्रमणको आदान-प्रदान गरी एक महत्त्वपूर्ण कोसेढुंगा पार गर्नेछन्। मे महिनामा भएको भेटवार्तामा सी र ट्रम्प रणनीतिक स्थिरतामा आधारित रचनात्मक चीन-अमेरिका सम्बन्ध निर्माण गर्ने नयाँ दृष्टिकोणमा सहमत भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)