सरकारी विद्यालयका प्रधानाध्यापक कांग्रेसको वडा अधिवेशनमा सहभागी, कारबाहीको तयारी
nepalpress.com · Wed Sep 23 07:26:43 GMT 2026

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–९ स्थित जोशीबुंगा माध्यमिक विद्यालय लमौताका प्रधानाध्यापक दुर्गादत्त जोशी ‘चिन्तामणि’ नेपाली कांग्रेसको वडा अधिवेशनमा सक्रिय सहभागी भएका छन् । उनी कांग्रेस अधिवेशनमा निर्वाचन अधिकृतको भूमिका निभाएका थिए ।
घटना सार्वजनिक भएपछि शिक्षा विकास तथा समन्वय इकाई बैतडी र दशरथचन्द नगरपालिकाले कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने बताएको छ । तर चार दिनसम्मको प्रक्रिया सोधपुछ र जानकारी संकलनमै सीमित देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)