राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न आग्रह
gorkhapatraonline.com · Wed Sep 23 07:38:59 GMT 2026

विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई राष्ट्रिय सेवा दलमार्फत ‘क्याडेट’का रूपमा तालिम दिने र त्यसपछि आवश्यकता अनुसार राष्ट्र सेवामा परिचालन गर्ने व्यवस्थासहितको विधेयकमा बालअधिकार सुनिश्चित गर्न आग्रह गरिएको छ ।
प्रतिनिधिसभाबाट पारित सो विधेयक सन्दर्भमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)का अध्यक्ष तिलोत्तम पौडेलले विज्ञप्तिमार्फत बालबालिकामा अनुशासन, नेतृत्व, स्वयंसेवा, विपद व्यवस्थापन तथा नागरिक जिम्मेवारी विकास गर्ने गैरसैनिक कार्यक्रम भने सकारात्मक रहेको जनाउनुभएको छ । उहाँले सैन्य प्रकृतिको तालिम, हतियार सम्बन्धी अभ्यास बालअधिकारको दृष्टिले भने उपयुक्त नहुने उल्लेख गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)