बाढीले क्षतिग्रस्त १२ जलविद्युत आयोजनाका ८०५ कर्मचारी एक महिनादेखि वेपत्ता, कुनमा कति ?
kendrabindu.com · Wed Sep 23 07:37:34 GMT 2026

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा तथा नुवाकोट क्षेत्रका सञ्चालनमा रहेका र निर्माणाधीन जलविद्युत कम्पनीमा कार्यरत ८०५ जना भन्दा बढी कर्मचारी अझै सम्पर्कविहीन छन् ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अनुसार गत भदौ १० गतेको आएको बाढीमा बेपत्ता भएका कर्मचारीहरु एक महिनासम्म पनि फेला पार्न सकिएकाे छैन । बाढीबाट ६६९ मेगावाट क्षमताका १२ वटा जलविद्युत आयोजनामा व्यापक क्षति पुगेको छ, जसमा २८१ मेगावाटका ८ वटा सञ्चालित र ३८८ मेगावाटका ४ वटा निर्माणाधीन आयोजना रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)