बाढीपीडित शिविरमा महिला-बालबालिकाको सुरक्षाका लागि विशेष ध्यान दिन सांसद झाको आग्रह
kalakarmi.com · Wed Sep 23 07:27:15 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बालबालिका पर्याप्त रूपमा सुरक्षित नरहेको जानकारी आफूले पाएको बताएका छन् ।
बुधवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले बाढीपीडितहरू विभिन्न स्थानमा सञ्चालन गरिएका क्याम्पमा बसिरहेको अवस्थामा महिला तथा बालबालिकाको सुरक्षा चुनौतीप्रति सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘अहिले बाढीपीडितहरू विभिन्न ठाउँको क्याम्पमा बसि राखेको ठाउँमा महिला र बालबालिका त्यति सुरक्षित छैन भन्ने कुरा सुनिन्छ । त्यसप्रति ध्यानाकर्षण गराउन चाहन्छु ।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)