मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ गतेदेखि हुँदै
ratopati.com · Wed Sep 23 07:41:21 GMT 2026
काठमाडौँ । दोस्रो संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३ यही असोज १२ गतेदेखि हुने भएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा लुम्बिनी प्रदेशको बुटवलमा असोज १७ गतेसम्म प्रतियोगिता सञ्चालन हुने बुधबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि कुल ८ वटा टोलीले खेल्नेछन् । नेपालबाट नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, रुपन्देहीको मणिमुकुन्द भलिबल क्लब, संखेवासभाको सभापोखरी भलिबल क्लब, बाग्लुङको गलकोट भलिबल क्लब, भारतको गुजरात स्टेट भलिबल एसोसिएसन, खैरा क्लब पन्जाब र श्रीलङ्काको श्रीलङ्का पुलिस क्लब खेल्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)