ओरियण्टल होटल्सले दशै अघिनै वितरण गर्यो नगद लाभांश
aarthiknews.com · Fri Oct 20 16:01:00 GMT 2023
काठमाडौं । ओरियण्टल होटल्स लिमिटेडले यस वर्ष ५ दशमलव २७ प्रतिशत नगद लाभांश दशै अघिनै वितरण गरेको छ । कम्पनीको असोज २५ गते सम्पन्न २६औं वार्षिक साधारण सभाले कर समेत उक्त नगद लाभांश पारित गरेको थियो । असोज ११ गतेसम्म कम्पनीको शेयर कायम गरेको शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामा नगद लाभांश जम्मा गरिसकिएको जानकारी कम्पनीले दिएको हो ।
असोज ११ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने भनाई कम्पनीको छ । सो मितिपश्चात कर्जा चुक्ता भुक्तानी गरेका शेयरधनीहरूको हकमा भने फुकुवा पत्र पेश गरेपछि बैंक खातामा नगद लाभांश जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)