विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त
gorkhapatraonline.com · Wed Sep 23 07:49:22 GMT 2026

सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रीपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौँ महानगरपालिका –१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो । शपथपछि सूचना तथा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नवनियुक्त अध्यक्ष श्रेष्ठलाई विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सुधारका लागि परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिनुभयो । उहाँले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन बोर्डले आफ्नो अधिकार र जिम्मेवारीअनुसार प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)