आगामी तीन दिन देशका धेरैजसो भू-भागमा भारी वर्षा र आकस्मिक बाढीको जोखिम
reportersnepal.com · Wed Sep 23 07:53:27 GMT 2026

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखा तथा बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा हुनुका साथै साना-ठूला नदी तथा खोलाहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ।
महाशाखाले मौसम तथा बाढी पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन जारी गर्दै वर्षाका कारण नदी प्रणालीहरूमा जलसतह उल्लेख्य बढ्न सक्ने भएकाले तटीय तथा जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)