मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

विश्वभर थपिए २७ लाखभन्दा बढी संक्रमित

nepallive.com · Wed Jan 12 00:49:00 GMT 2022

काठमाडौ– विश्वभर पछिल्लो २४ घण्टामा २७ लाख १५ हजार ७९३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३१ करोड ३८ लाख नाघेको छ।

पछिल्लो केही दिनदेखि अमेरिका र युरोपमा संक्रमण बढेसँगै दैनिकसंक्रमितको संख्यासमेत उच्च हुन थालेको हो। पछिल्लो २४ घण्टामा अमेरिकामा ६ लाख २८ हजार, फ्रान्समा ३ लाख ६८ हजार, इटलीमा दुई लाख २० हजार, बेलायतमा एक लाख २० हजार संक्रमित थपिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)