चालीस मेगावाट क्षमताको राहुघाटबाट परीक्षण उत्पादन थालियो
corporatenepal.com · Wed Sep 23 07:55:09 GMT 2026

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाले मंगलबारदेखि परिक्षण उत्पादन थालेको छ ।
नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रर्वद्धक रहेको यस आयोजनाको भौतिक पूर्वाधार निर्माण र उपकरण जडानको काम सकेर परिक्षण उत्पादन सुरु भएको हो । आयोजनाका प्रमुख राजबहादुर बिष्टले परिक्षणका लागि आजदेखि राष्ट्रिय प्रणालीमा विद्युत् जोडिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)