विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद
makalukhabar.com · Wed Sep 23 08:05:06 GMT 2026

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा विदेश लैजान लागिएको चुरोट तथा सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ ।
विमानस्थलको प्रस्थानतर्फ यात्रुका ब्यागेज एक्सरे मेसिनमार्फत सुरक्षा जाँच गर्ने क्रममा शङ्का लागेपछि अनुसन्धान गरिँदा विभिन्न ब्रान्डका चुरोट तथा सुर्तीजन्य पदार्थ फेलापरेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)