घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक
gorkhapatraonline.com · Wed Sep 23 08:09:16 GMT 2026

वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान गरेका व्यक्तिहरूको स्मरण गर्दै २० औँ राष्ट्रिय संरक्षण दिवस मनाइएको छ। दिवसका अवसरमा ताप्लेजुङको फुङलिङ नगरपालिका –४ भिन्तुना डाँडामा रहेका संरक्षणविद्का सालिकमा माल्यार्पण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
वातावरण संरक्षण तथा विकास मञ्च ताप्लेजुङको आयोजनामा भएको कार्यक्रममा संरक्षणविद्का सालिकमा माल्यार्पण गरिएको मञ्चका अध्यक्ष खड्गविक्रम सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार संरक्षणकर्मीले गरेको योगदानको स्मरण गर्दै प्राकृतिक स्रोत, वातावरण र जैविक विविधताको संरक्षणमा स्थानीय समुदायको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)