६ लघुवित्त संस्थालाई राष्ट्र बैंकको कारबाही
baahrakhari.com · Wed Sep 23 08:07:11 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा इजाजतपत्र प्राप्त ‘घ’ वर्गका ६ लघुवित्त वित्तीय संस्थामाथि नियमाकीय कारबाही गरेको छ । तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको र अनिवार्य नगद मौज्दात कायम नगरेको पाइएपछि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही तथा नगद जरिबाना गरेको हो ।
‘बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४’ बमोजिम तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसकेका कारण चार लघुवित्त संस्थालाई शीघ्र सुधारात्मक कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)