चिकित्सकलाई कुटपिट गरे ५ वर्ष कैद र २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव
ratopati.com · Wed Sep 23 08:12:25 GMT 2026

काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण र हिंसात्मक घटनालाई रोक्न सरकारले सजायको दायरालाई कडा बनाउँदै नयाँ विधेयक पेस गरेको छ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको नयाँ विधेयकमा गम्भीर प्रकृतिका कसुर गर्नेलाई २ वर्षदेखि ५ वर्षसम्म कैद र २ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिबाना हुने कडा कानुनी व्यवस्था प्रस्ताव गरिएको छ। यसअघि कैद वा जरिवानामूलक सजाय मात्र हुन सक्ने विकल्प रहेकोमा अब कसूरदारले कैद र जरिवाना दुवै भुक्तान गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)