स्थानीय माछाको माग उच्च, उत्पादन न्यून
gorkhapatraonline.com · Wed Sep 23 08:14:59 GMT 2026

धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ माक्लुङका पदम कटुवालले पाँचवटा पोखरी निर्माण गरी व्यावसायिक रूपमा माछापालन गर्दै आउनुभएको छ । उहाँले आफ्नो अधिकांश बारीमा पोखरी निर्माण गरी माछापालन गर्नुभएको हो । उत्पादित माछा बिक्री गर्न उहाँलाई बजारको समस्या छैन । माछाको अग्रिम अर्डर हुने र मारेकै दिन पोखरीबाटै बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ ।
स्थानीय माछाको माग अत्यधिक भए पनि मागअनुसार उत्पादन गर्न नसकिएको कटुवालको भनाइ छ । उहाँले हाल वार्षिक करिब पाँच क्विन्टल माछा उत्पादन गर्दै आउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)