व्यक्तिको पीडामा राज्यको दायित्व
baahrakhari.com · Wed Sep 23 08:11:02 GMT 2026

काठमाडौंको त्रिपुरेश्वरमा फेरि आत्महत्याको दुःखद घटना भयो । बसभित्रै चालकले आत्मदाह गरे । केही महिना पहिला एक जना मोटरसाइकल चालकले पनि सडकमै आत्मदाह गरेर प्राण त्यागेका थिए ।
आत्मदाहको दुःखद घटनापछि मानवीय स्वभावअनुसार नै त्यसलाई विभिन्न कोणबाट नियाल्ने र दोषी खोज्ने काम हुन्छ । घटनालाई हेर्ने दृष्टिकोणअनुसार व्यक्ति, समाज र कानुन व्यवस्था आदि दोषी देखिन सक्छन् । गम्भीर छानबिन नगरी कसैलाई दोषी ठहर गर्नु न्यायोचित हुँदैन । सडकमा आत्मदाह हुनेबित्तिकै ट्राफिक प्रहरीलाई नै जिम्मेवार ठान्ने सोच सही होइन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)