मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी शीर्ष कुटनीतिज्ञ ब्लिन्केन इजरायलमा, अस्थायी युद्धविराम विस्तारका लागि पहल गर्ने

Ujyaaloonline.com · Thu Nov 30 00:46:37 GMT 2023

अमेरिकी शीर्ष कुटनीतिज्ञ एन्टोनी ब्लिन्केन इजरायल पुग्नुभएको छ । अक्टोबर ७ तारिखमा इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्ध शुरु भएयता तेस्रो शीर्ष भ्रमणका क्रममा उहाँ तेल अभिभमा पुग्नुभएको छ ।

ब्लिन्केनले गाजा पट्टीका लागि अस्थायी युद्धविराम विस्तार र मानवीय सहायता बढाउनेबारे पहल गर्नुहुने बीबीसीले जनाएको छ । दुई पक्षबीच विस्तारित युद्धविराम गएराति सकिएको छ । ६ दिनको अस्थायी युद्धविराम सकिएलगत्तै यसको विस्तारका लागि पहल शुरु भएको छ । मुख्यगरी कतारले अस्थायी युद्धविराम र मानवीय सहायता बढाउन मध्यस्थकर्ताको भूमिका खेलेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)