रचना खड्काको प्रश्न : नेताको एकताले मात्रै परिणाम बदल्न सक्ला ?
ratopati.com · Wed Sep 23 08:17:31 GMT 2026

काठमाडौँ । एमाले नेतृ रचना खड्काले नेताहरूको एकताले मात्रै परिणाम बदल्न सकिएला भन्दै नेतृत्वलाई प्रश्न गरेकी छन् । जारी एमाले केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै केन्द्रीय सदस्य खड्काले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको प्रसङ्ग निकाल्दै नेतृत्वमाथि प्रश्न गरेकी हुन् ।
‘मलाई नेताहरू आपसमा मिल्नुहुन्न कि भन्ने डर लाग्दैन किनभने विगतको अनुभवको आधारमा भन्न सकिन्छ यहाँहरू मिल्नु हुन्छ र एकताबद्ध हुनुहुन्छ’, खड्काले भनिन्, ‘तर चिन्ता यहाँहरूको एकताले मात्रै आजका दिनमा गत निर्वाचन परिणामलाई बदल्न सक्ला ?’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)