लक्जरी रिसोर्ट रोयल टुलिप चितवनले पायो पाँचतारे डिलक्सको मान्यता, आईपीओको समेत तयारीमा
clickmandu.com · Wed Sep 23 08:18:37 GMT 2026

काठमाडौं। चितवनको सौराहास्थित लक्जरी रिसोर्ट रोयल टुलिप चितवनले पाँचतारे डिलक्सको मान्यता प्राप्त गरेको छ। पर्यटन विभागको स्थलगत निरीक्षणपछि यो रिसोर्टलाई स्तरीकरण गरेको हो। रिसोर्ट केटीएम हस्पिटालिटी लिमिटेडद्वारा सञ्चालित छ।
कम्पनीले करिब तीन साताअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागमा स्तरीकरणका लागि निवेदन दिएको थियो। रिसोर्टको निवेदनपछि विभागका निर्देशकसहितको चार सदस्यीय टोली भौतिक पूर्वाधार, सेवा सुविधा, सुरक्षा व्यवस्था, अतिथि सेवा र सञ्चालन प्रणालीको विस्तृत निरीक्षण गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)