अमेरिकाले नेपाललाई थप ४ अर्ब ६५ करोड सहयोग गर्ने
arthasansar.com · Wed Sep 23 08:20:28 GMT 2026

संयुक्त राज्य अमेरिकाले नेपाललाई थप ४ अर्ब ६५ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको राहत तथा पुनस्र्थापनाका लागि यो सहयोग उपलब्ध गराइएको हो।
यसअघि बाढीलगत्तै अमेरिकाले नेपाललाई ७५ करोड रुपैयाँ सहित अत्यावश्यक राहत सामग्री र प्राविधिक सहयोग उपलब्ध गराइसकेको थियो। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले पत्रकारहरूसँग कुरा गर्दै नेपालमा आवश्यक परेको अवस्थामा थप आर्थिक तथा प्राविधिक सहयोग गर्न अमेरिकी सरकार सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)