स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिवानाको प्रस्ताव
kendrabindu.com · Wed Sep 23 08:28:04 GMT 2026

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण र हिंसात्मक घटना नियन्त्रण गर्न सरकारले कानुनी सजाय थप कडा बनाउने तयारी गरेको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ संशोधन गर्न बनेको विधेयक संसद्मा पेस गरिएको हो।
प्रस्तावित विधेयकमा गम्भीर प्रकृतिका कसुरमा दोषी ठहर हुनेलाई २ वर्षदेखि ५ वर्षसम्म कैद र २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था प्रस्ताव गरिएको छ। यसअघि कैद वा जरिवानामध्ये कुनै एक सजाय हुन सक्ने व्यवस्था रहेकामा संशोधनपछि कैद र जरिवाना दुवै अनिवार्य हुने प्रस्ताव गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)