नेपालका विपद्ले जलवायु सङ्कटको जोखिम पुष्टि गरेको छ : गुटेरेस, विकसित मुलुकलाई प्रतिबद्धता पूरा गर्न आग्रह
aarthiknews.com

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा पछिल्लो समय देखिएका विपद्ले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम अनुमान गरिएभन्दा छिटो र गम्भीर रूपमा देखिन थालेको पुष्टि गरेको बताएका छन्। हिमाली क्षेत्रमा बढ्दो तापक्रम र तीव्र रूपमा पग्लिरहेका हिमनदीका कारण नेपालसहित हिमाली मुलुकहरू उच्च जोखिममा रहेको भन्दै उनले विश्व समुदायको ध्यानाकर्षण गराएका छन्।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत साधारण सत्रको उद्घाटनलाई सम्बोधन गर्दै गुटेरेसले नेपालमा भएको भोटेकोशी बाढीलाई जलवायु परिवर्तनका असर वास्तविकतामा परिणत हुँदै गएको उदाहरणका रूपमा प्रस्तुत गरे। उनले तीन वर्षअघि नेपाल भ्रमणका क्रममा हिमनदी तीव्र गतिमा पग्लिरहेको विषयमा आफूले दिएको चेतावनी सम्झाउँदै पछिल्ला विपद्ले त्यसको गम्भीरता थप पुष्टि गरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)