मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

थापाले दायर गरेको एन्फा अध्यक्षविरुद्धको रिट खारेजी

deshsanchar.com · Wed Aug 13 17:39:44 GMT 2025

मोरङ – अखिल नेपाल फुटवल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङ्गविरुद्ध दायर गरिएको अवहेलना र उत्प्रेषणको रिट उच्च अदालत पाटनले खारेज गरेको छ।

अदालतका न्यायाधीश ऋषिराजभण्डारी र प्रकाश खरेलको आजको इजलासले काठमाडौं महानगरपालिका ४ का गौरव थापाले दायर गरेको मुद्दालाई खारेजी गरेको हो। नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाका अध्यक्ष नेम्वाङ्गविरुद्ध थापाले गएको बैशाख २३ गते उत्प्रेषण र जेठ २ गते अवहेलनाको मुद्दा दायर गरेका थिए। थापाले दायर गरेको अवहेलना मुद्दा शुरु क्षेत्राधिकार दुनियावादी फौजदारी किसिमको रहेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)