१३ दिनसम्म चट्टान फुटाएर शीतलबजार सडक दुईतर्फी सञ्चालनमा
annapurnapost.com · Wed Sep 23 08:20:56 GMT 2026

धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-३ शीतलबजार नजिक १३ दिनसम्म चट्टान हटाएर सडक विस्तार गरेपछि बुधबारदेखि सडक दुईतर्फी सञ्चालनमा आएको छ।
भदौ १० र १४ गते त्रिशूली नदीमा आएको बाढीका कारण शीतलबजार क्षेत्रमा सडक करिब चार मिटर कटानमा परेको थियो। सडकको भित्री भागतर्फ कडा चट्टानयुक्त भीर रहेकाले आवश्यक चौडाइ कायम गर्न कठिन भएपछि यस क्षेत्रमा केही दिनदेखि सडक एकतर्फी रूपमा सञ्चालन हुँदै आएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)