एसियाडमा पदक जितेपछि तेन्जिङले सम्झे आमा र रसुवा बाढी पीडित
ratopati.com · Wed Sep 23 08:36:58 GMT 2026
काठमाडौँ । जापानको नागोयामा बुधबार नेपाली कराते खेलाडी तेन्जिङ शेर्पा म्याटमा उत्रिँदा उनको नेपालका लागि पदक जित्ने लक्ष्य स्पष्ट थियो । देशका लागि एसियाली खेलकुदमा पदक जित्ने सपना बोकेर मैदानमा पुगेका तेन्जिङले अन्ततः त्यो सपना पूरा गरे । उनले नेपाललाई २०औँ एसियाली खेलकुदमा पहिलो कांस्य पदक दिलाउँदै नेपाली खेलकुदको इतिहासमा आफ्नो नाम लेखाए ।
पुरुष कुमितेको ८४ किलोभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा गरेका २३ वर्षीय तेन्जिङले कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा लाओसका वाथाना जायासनलाई ९–१ ले पराजित गरे । प्रभावशाली प्रदर्शनसहित हासिल गरेको त्यो जितसँगै उनले एसियाडमा नेपालको पदकको खाता खोले ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)