मण्डनदेउपुरमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने
khabarhub.com · Wed Sep 23 08:40:27 GMT 2026

काभ्रेपलाञ्चोक – बनेपास्थित रेयुकाइ एईको मासुनागा आँखा अस्पतालले मण्डनदेउपुर नगरपालिकासँग स्थानीय नागरिकको मोतियाबिन्दुको पहिचान तथा उपचारका लागि आँखा जाँच शिविर सञ्चालन गर्ने सम्झौता गरेको छ ।
सम्झौतामा नगरका विभिन्न क्षेत्रमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरी मोतियाबिन्दुलगायतका आँखासम्बन्धी समस्या पहिचान गरी त्यससम्बन्धी बिरामीलाई उपचारको व्यवस्था मिलाइने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)