नागरिकको बचत उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा सांसदहरूको जोड
hamrakura.com · Wed Sep 23 00:00:00 GMT 2026

काठमाडौँ। सांसदहरूले नागरिक लगानी कोषमा जम्मा भएको नागरिकको बचत सुरक्षित राख्दै ऊर्जा, पर्यटन, पूर्वाधार, कृषि र प्रविधिजस्ता उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्नेमा जोड दिएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले कोषको हालको ३ खर्ब रुपैयाँभन्दा बढी पुँजीलाई राष्ट्रिय पुँजी निर्माणको महत्वपूर्ण आधारका रूपमा परिचालन गर्नुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)