भारतीय टोलीद्वारा १२०० डीएनए नमुनाको परीक्षण जारी
ratopati.com · Wed Sep 23 08:59:46 GMT 2026

काठमाडौँ । गत भदौ १० मा गएको विनाशकारी बाढीका पीडितहरूको पहिचानमा सघाउन भारतीय फोरेन्सिक टोलीले काठमाडौँका दुई प्रयोगशालामा करिब १ हजार २०० डीएनए नमुनामा काम गरिरहेको छ।
भारतको विदेश मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार प्राकृतिक विपद्का कारण अझै २७५ जना भारतीय नागरिक बेपत्ता रहेका छन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले फोरेन्सिक टोलीका साथै भारतीय टनेल (सुरङ्ग) उद्धार टोली पनि मैदानमा खटिएर नेपालको उद्धार तथा राहत कार्यमा सहयोग गरिरहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)