प्रदीप ज्ञवालीको प्रश्न : धेरै अवसर पाउने नै सबैभन्दा असन्तुष्ट देखिने कारण के हो ?
onlinekhabar.com · Wed Sep 23 08:50:01 GMT 2026

७ असोज, काठमाडौं । एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीभित्र सबैभन्दा धेरै अवसर पाउने नेताहरू नै असन्तुष्ट देखिनुको कारणबारे प्रश्न उठाएका छन्। एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै ज्ञवालीले अवसर दिँदा मूल्याङ्कन नभएको हो कि ‘सन्देश नै प्राप्ति हो’ भन्ने सोच विकास भएको हो भन्ने प्रश्न गरेका हुन्।
‘सबैभन्दा धेरै अवसर पाउने नै सबैभन्दा असन्तुष्ट देखिने कारण के हो ? सन्देश नै प्राप्ति हो भन्ने दियौँ कि अवसर दिँदा मूल्याङ्कन भएन ?’ उनले प्रश्न गरे। ज्ञवालीले एमाले, कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र राष्ट्र नै असाधारण संकटमा रहेको उल्लेख गर्दै अहिले पार्टी, आन्दोलन, लोकतन्त्र र राष्ट्रको एकता आवश्यक रहेको बताए। त्यसको अगुवाइ एमालेले गर्नुपर्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)