४४९ पालिकामा कांग्रेसको अधिवेशन जारी
baahrakhari.com · Wed Sep 23 08:56:55 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको बुधबारदेखि पालिका तहमा अधिवेशन सुरु भएको छ । वडा अधिवेशन सकिएका पालिकाहरूमा बुधबार बिहानैबाट अधिवेशन सुरु भएको हो ।
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले बुधबार दिउँसोसम्म ४४९ पालिकामा अधिवेशन जारी रहेको जानकारी दिए । १५औँ महाधिवेशनका निम्ति स्थानीय तहबाट अधिवेशन सुरु भएको हो । उनका अनुसार, ५२ जिल्लाका पालिकाहरूमा एकसाथ अधिवेशन हुँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)