रुसी सेनामा कार्यरत टीकापुरका भरत शाहको मृत्यु, कुशको शव बनाएर दाहसंस्कार
nayapatrikadaily.com · Mon Dec 18 00:32:00 GMT 2023
रुसी सेनामा कार्यरत कैलालीको टीकापुरका एक युवकको मृत्यु भएको छ । रुसी सेनामा कार्यरत टीकापुर नगरपालिका–१ का ३६ वर्षीय भरत शाहको रुस–युक्रेन युद्धमा मृत्यु भएपछि परिवारले कुशको शव बनाएर आइतबार अन्तिम संस्कार गरेका छन् । मृतक भरतका दाइ नाता पर्ने बिर्ख शाहका अनुसार भरतको गत शुक्रबार मृत्यु भएको खबर प्राप्त भएपछि दौलतपुर घाटमा अन्तिम संस्कार गरिएको हो ।
शाहका अनुसार भरतसँगै रुसी सेनामा कार्यरत कञ्चनपुरका रोशन थापाले भरत मारिएको खबर पठाएका थिए । गत २६ नोभेम्बरमा रुसको सीमा क्षेत्रमा गोली लागेर भरतको मृत्यु भएको खबर रोशनले आफ्नो घरमा पठाएको र उनको परिवारमार्फत भरतको मृत्यु भएको खबर पाएको बिर्खले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)