नेयमारको कमब्याकमा ब्राजिलको सानदार जित
ekantipur.com · Tue Dec 06 00:39:30 GMT 2022
दोहा — चोटबाट फर्किएका नेयमरको गोल र असिस्टमा दक्षिण कोरियाविरुद्ध ४–१ को जित हात पार्दै ब्राजिल विश्वकप २०२२ को अन्तिम आठमा प्रवेश गरेको छ । स्टार खेलाडी नेयमरको पुनरागमनमा ब्राजिलले रंगशाला ९७४ मा सोमबार उत्कृष्ट प्रदर्शन गर्दै दक्षिण कोरियालाई ४–१ ले पन्छाउँदै विश्वकप २०२२ को अन्तिम आठको यात्रा तय गरेको छ ।
पाँचपल्टको विश्वकप विजेता ब्राजिलले कोरियालाई निरीह तुल्याउने क्रममा पहिलो हाफमै चार गोल गऱ्यो । नेयमरले सिर्जना गरेको अवसरमा भिनिसियस जुनियरले सातौं मिनेटमै गोलको खाता खोले । रिचार्लिसनलाई फउल गरेपछि पाएको पेनाल्टीमा नेयमरले कोरियाली गोलकिपर किम सुङ-ग्युलाई जिल्याउँदै १३ औं मिनेटमै ब्राजिलको अग्रता दोब्बर बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)