एसियाड स्क्वासमा नेपालको चुनौती पहिलो चरणमै समाप्त
ratopati.com · Wed Sep 23 09:02:35 GMT 2026
काठमाडौँ। जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासमा नेपालको चुनौती पहिलो चरणमै समाप्त भएको छ । मिक्स डबल्समा प्रतिस्पर्धा गरेका बिपना भ्लोन र अरहन्त सिंहको नेपाली जोडी बुधबार पहिलो चरणबाटै बाहिरिएको हो ।
नागोयास्थित किन्जो फुतो एरिनामा भएको ‘राउन्ड अफ ३२’को खेलमा नेपाली जोडी पाकिस्तानका आसिम खान र मेहविश अलीसँग २–० को सोझो सेटमा पराजित भयो । पहिलो सेटमा नेपाली जोडी ११–६ ले पराजित भएको थियो । ७ मिनेट चलेको त्यो सेटमा पाकिस्तानी जोडीले सुरुदेखि नै अग्रता कायम राखेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)