धान बालीमा रोगको संक्रमण फैलिएपछि किसान चिन्तित
annapurnapost.com · Wed Sep 23 08:58:53 GMT 2026

बर्दिबास : धान बालीमा रोगको संक्रमण बढेपछि महोत्तरीसहित मधेश प्रदेशका किसान पिरोलिएका छन् । बाला लाग्ने बेलामा धानमा थरीथरीका रोगहरूको संक्रमण बढेसँगै किसान आजित भएका हुन् । धानको पातमा राते रोग लागेर सुक्ने र धानको घोघमा गबरा रोगको संक्रमणले किसान हैरान भएका हुन् ।
धानमा रोग लागेपछि महोत्तरीको बर्दिबास नगरपालिका-३ माथिल्लो पाटुका प्रेम बहादुर माझी निकै चिन्तित छन् । यो समस्याले उनी मात्रै होइन् तराई मधेसका लाखौं किसान समस्यामा छन् । तर,सरकारी निकायबाट कुनै सुनवाइ नभएको उनीहरूको गुनासो छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)