त्रिपुरासुन्दरी मन्दिरबाट ५५ हजार रुपैयाँ चोरी, एकजना पक्राउ
baahrakhari.com · Wed Sep 23 09:05:37 GMT 2026

सुर्खेत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित बाला त्रिपुरासुन्दरी मन्दिरबाट ५५ हजार ८० रुपैयाँ नगद चोरी भएको छ । चोरी भएको तीन दिनपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार, गत असोज ३ गते मन्दिरबाट ५५ हजार ८० रुपैयाँ नगद चोरी भएको थियो । घटनाको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाले अनुसन्धान अघि बढाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)