गैँडाको चोरी-शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
gorkhapatraonline.com · Wed Sep 23 09:11:55 GMT 2026

चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारबाट गैँडा जोगिएको आज एक हजार ४२ दिन पुगेको छ । यसअघि वि.सं.२०८० कात्तिक ३० गते निकुञ्जको पूर्वी सेक्टरमा दुई वटा गैँडा एकै ठाउँमा खाल्टोमा पारेर तस्करले मारेका थिए । पूर्वी चितवनको खैरहनी नजिक खगेन्द्रमल्ली पोष्टबाट तीन किलोमिटर दक्षिण पूर्वमा पर्ने निकुञ्जको चपरचुली इलाकामा तस्करले दुई वटा गैँडालाई फरक फरक खाडलमा पारेर मारेका थिए ।
त्यसयता प्राकृतिक कारणले गैँडा मरेको भए पनि चोरी शिकारीका कारण गैँडा मरेका छैनन् । निकुञ्जको सुरक्षामा कडाइका कारण गैँडा मारिनबाट जोगिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार प्राकृतिक कारणले गैँडा मरेको भए पनि एक हजार ४२ दिनयता तस्करले गैँडा मार्न पाएका छैनन् । आर्थिक वर्ष २०८०/०८१ को कात्तिक ३० अगाडिका वर्षमा तस्करले गैँडा मारेको तथ्याङ्क छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)