भारी वर्षाको जोखिम, लमजुङ–मनाङमा सतर्कता
gorkhapatraonline.com · Wed Sep 23 09:12:31 GMT 2026

मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको प्रक्षेपण गरेपछि जिल्ला प्रशासन कार्यालय लमजुङले लमजुङ–मनाङ सडकखण्डमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि असोज ११ गते आइतबार सम्म गण्डकी प्रदेशका केही भू–भागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । वर्षाका कारण बेंसीसहर हुँदै मनाङ जाने सडकसहित जिल्लाका ग्रामीण सडकमा बाढीपहिरोको जोखिम बढ्न सक्ने भन्दै प्रशासनले सावधानी अपनाउन आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)