देशका १३ सहरमा सांगीतिक टुर गर्दै प्रकाश सपूत, प्रमोद र परम्परा
kalakarmi.com · Wed Sep 23 08:53:40 GMT 2026

काठमाडौं- गायक प्रकाश सपूत, ‘भाका नेपाल’ ब्यान्ड, गायक प्रमोद तथा ‘परम्परा ब्यान्ड’ र ‘फिरेन्ते ब्यान्ड’ ले एकसाथ देशव्यापी सांगीतिक टुर गर्ने भएका छन् । ‘सुरताल म्युजिकल टुर २०८३’ नाम दिइएको सांगीतिक यात्रा देशका सातै प्रदेशका १३ प्रमुख सहरमा आयोजना हुने भएको हो ।
सुरताल इभेन्ट एन्ड एम्युजमेन्ट प्रालिको आयोजनामा हुने सांगीतिक टुर असोज १० गते धनकुटाको हिलेबाट प्रारम्भ हुनेछ । आयोजकका अनुसार टुरमार्फत नेपाली संगीतका चर्चित कलाकारका लोकप्रिय तथा नयाँ गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरिनेछ । टुरमा प्रकाश सपूतले आफ्ना चर्चित तथा सन्देशमूलक गीत प्रस्तुत गर्नेछन् । यस्तै, प्रमोद र परम्परा ब्यान्ड तथा फिरेन्ते ब्यान्डले पनि ऊर्जावान् लाइभ प्रस्तुति दिने आयोजकले जनाएको छ । प्रकाश सपूत यसपटक ‘ट्र्याक’ मा मात्र नभई ‘भाका नेपाल’ ब्यान्डसहित प्रत्यक्ष लाइभ प्रस्तुतिमा देखिनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)