फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
canadanepal.com · Wed Sep 23 09:12:18 GMT 2026

सिंगापुर (रासस/एएफपी) - सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट, पेज तथा अन्य सामग्रीमाथि कारबाही गरेको जनाएको छ ।
कम्पनीका अनुसार सिंगापुर प्रहरी बल (एसपीएफ) र मेटाबीच पछिल्लो दुई वर्षदेखि सूचना आदानप्रदानसम्बन्धी सहकार्य हुँदै आएको छ । उक्त सहकार्यले ठगीमा संलग्न समूह तथा उनीहरूले सञ्चालन गरेका नेटवर्क पहिचान गरी निष्क्रिय बनाउन सहयोग पुगेको मेटाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)