सुदूरपश्चिमका आर्थिक मामिला मन्त्रालयका सचिव हमालको सरुवा
ratopati.com · Wed Sep 23 09:21:53 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रदेश सचिव राजेन्द्रकुमार हमालको सरुवा भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णयअनुसार हमाललाई राष्ट्रिय महिला आयोग, काठमाडौँमा सचिवका रूपमा सरुवा गरिएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवासम्बन्धी पत्र पठाउँदै हमाललाई निजामती सेवा ऐन, २०४९ को दफा १८ को व्यवस्थाअनुसार सरुवा गरिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)