बीस दिनमा दुई अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन
reportersnepal.com · Wed Sep 23 09:24:52 GMT 2026

मुस्ताङ, ७ असोज । मुस्ताङ भन्सार कार्यालयले २० दिनमा रु दुई अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन गरेको छ ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रुपमा बन्द भएपछि नेपाल–चीन उत्तरी कोरलानाका हुँदै पैठारी गरिएका मालवस्तुबापत २० दिनमा उक्त राजस्व जम्मा भएको हो । रसुवाको भोटेकोशी बाढीपछि अधिकांश मालवस्तु कन्टेनर तथा विद्युतीय सवारी (इभी) गाडी र कन्टेनर रसुवागढी—केरुङ नाकाबाट रुट परिवर्तन भई कोरलानाका हुँदै नेपाल भित्रिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)