कांग्रेस तनहुँका ८५ वडामा महिला सभापति शून्य
gorkhapatraonline.com · Wed Sep 23 09:28:25 GMT 2026

नेपाली कांग्रेस तनहुँले जिल्लाका ८५ वटै वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट सबै वडामा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भए पनि कुनै पनि वडामा महिला सभापति चयन भएनन् ।
कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालका अनुसार ८४ वटा वडामा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । व्यास नगरपालिका–७ मा भने सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)