इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान
nepallive.com · Wed Sep 23 09:26:49 GMT 2026

काठमाडौं– इजरायलमा केयर गिभरको रोजगारी दिलाइदिने भन्दै रकम उठाएको आरोपमा पक्राउ परेकी बालिका सिवाकोटीले कांग्रेस नेता भरत चौलागाईंलाई डेढ करोड रुपैयाँ नगद दिएको बयान प्रहरीलाई दिएकी छन्।
सीआईबीका अनुसार १५६ जनालाई इजरायल पठाइदिने भन्दै चौलागाईं र सिवाकोटीले करिब २ करोड ५० लाख रुपैयाँ उठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सिवाकोटीले आफूले उठाएको रकममध्ये डेढ करोड रुपैयाँ चौलागाईंलाई गौशालामा भेटेर बुझाएको बयान दिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)